सिन्धुपाल्चोक, लिदीका पहिरोपीडित परिवारलाई राहत सहयोग
सिन्धुपाल्चोक जिल्ला (जुगल गाउँपालिका) स्थित लिदीमा गएको विनाशकारी पहिरोबाट प्रभावित परिवारहरूलाई सहयोग पुर्याउने उद्देश्यले 'नजिकको साथी मिडिया'को तर्फबाट राहत सामग्री वितरण गरिएको थियो । पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारहरूलाई खाद्यान्न, नगद तथा अन्य अत्यावश्यक राहत सामग्रीहरू उपलब्ध गराइएको थियो।

