सिन्धुपाल्चोकको जम्बो बजारका बाढीपीडितलाई ‘नजिकको साथी मिडिया’ द्वारा नगद तथा राहत सामाग्री सहयोग

सिन्धुपाल्चोकस्थित जम्बो बजारमा आएको भीषण बाढीका कारण प्रभावित भएका परिवारहरूलाई ‘नजिकको साथी मिडिया’ को तर्फबाट नगद तथा अत्यावश्यक राहत सामाग्री हस्तान्तरण गरिएको थियो । विपत्तिको यो कठिन घडीमा पीडितहरूलाई मद्दत पुर्याउने उद्देश्यले मिडिया टोलीले प्रत्यक्ष स्थलगत पुगेर सहयोग उपलब्ध गराएको हो ।

